प्रचण्डले माधवको ढाडमा टेकेर केपीलाई टाउकोमा हाने शंकर पाेखरेल !
साउन ३०
दाङ / लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै नछाडेको बताएका छन् ।
भर्खर मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकरले दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै भने, ‘हामीले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने निर्णय गर्याैँ । तर प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी ओलीको टोउकोमा हान्ने कोसिस गरे ।’
उनले प्रचण्ड र माओवादीका नेतालाई आधार बनाएर एमालेले चुनावी गठबन्धन गरेको पनि बताए । ‘पार्टी एकतालाई प्रचण्डले बुझेनन् । उनले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्न सकेको रहेनछन् । अहिलेको परिणामले त्यही पुष्टि भएको छ,’ पाेखरेलले भने । प्रचण्डमा रहेको अवसरवाद र महत्वकांक्षाका कारण देश अस्थिरतामा गएको आरोप पनि लगाए ।




Comments are closed.