सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै

कञ्चनपुर/हरेक बर्षको भदौ १ गते मनाईने ओल्के सक्रान्ति सुदूरपश्चिममा आज हर्षोल्लासका साथ मनाईदैछ ।
आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ ।
यसका साथै विहानै धुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा सुदूरपश्चिम क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको छ ।
यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रहेको छ । धेरै जसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मीक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाहरुको मौलिक पर्व रुपमा पनि रही आएको छ । यसलाई सिंह संक्रान्ती पनि भन्ने गरिएको छ ।
यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाईन्छ । ओल्के संक्रान्तिका दिन गाँउ नजिकका डाँडामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा ‘बुढी हालेको’ भन्दछन् । यो बूढीलाइ असोज संक्रान्तिका साँझ गाँउका सबै जना मिलेर एकैसाथ पोल्ने चलन छ ।
Comments are closed.