कञ्चनपुरका मोडल बबिता देवद्वारा अभिनित पहिलो म्युजिक भिडियो “गुनासो” युटुबमा

कञ्चनपुर, ६ भाद्र ।
कञ्चनपुरका उदयीमान मोडल बबिता देवद्वारा अभिनित म्युजिक भिडियो “गुनासो” युटुबमा प्रदर्शन भएको छ । निर्देशक जि.बि आग्रीद्वारा निर्देशित सो म्युजिक भिडियो मोडल बबिता देवको पहिलो म्युजिक भिडियो हो ।
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका वासिन्दा बबिता देव रेडियो कार्यक्रम सञ्चालिका हुँदै मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन । एकैचोटि तीनवटा म्युजिक भिडियोमा अभिनय गरेर मोडलिङ्ग क्षेत्रमा ग्राण्ड ईन्ट्री गरेकी मोडल देवको अझै दुईवटा म्युजिक भिडियो प्रदर्शनको तयारीमा छ्न ।
सुन्दर मुहार,आकर्षक शरीर र सरल स्वभावकी मोडल बबिता देव राम्रो सम्भावना बोकेकी कलाकार हुन । आकर्षक व्यक्तित्वका साथै कुशल नृत्य क्षमता भएका कारण भविष्यमा नेपाली सिनेमा क्षेत्रले समेत राम्रो कलाकार पाउने सम्भावनालाई नकार्न सकिँदैन ।
मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेर भविष्यमा सफल मोडल तथा कलाकार बन्ने आफ्नो लक्ष्य रहेको मोडल बबिता देवले समाचार बिशेषलाई बताईन ।
हाल प्रदर्शन भएको म्युजिक भिडियो
“गुनासो” मा भारतीय प्रख्यात गायक कुमार सानुको आवाज सुन्न सकिन्छ । त्यसैगरी गीतका शब्दकार गोविन्द गिरि “प्रेरणा” र संगीतकार नरहरि प्रेमी हुन ।
म्युजिक भिडियोमा बबिता देवको साथमा असद खानले स्क्रिन शेयर गरेका छ्न ।
म्युजिक भिडियोलाई डी.बि.रौलेले छायांकन गरेका हुन भने मीन रावलले सम्पादन गरेका हुन । “नरहरी प्रेमी”नामक युटुब च्यानलबाट सो म्युजिक भिडियो हेर्न सकिन्छ । हेर्नुस् भिडियो ..
Comments are closed.