निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म ” गुनासो” युटुबमा सार्वजनिक

काठमाडौ/६ भदौ ।
निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म “गुनासो” युटुबमा सार्वजनिक भएको छ । फिल्म र म्युजिकल फिल्म निर्देशन गर्दै आएका निर्देशक आग्री पछिल्लो समयका व्यस्त निर्देशक मानिन्छन् । केही फिल्म र सयौं म्युजिकल फिल्म निर्देशन गरिसकेका निर्देशक आग्रीले हाल केही म्युजिकल फिल्ममा अभिनय समेत गरीसकेका छ्न ।
सुमधुर गितमा मनै चुँडिने कहानी बुनेर दर्शक श्रोताको मन जित्न खप्पिस निर्देशक आग्रीद्वारा निर्देशित हरेक भिडियो हेर्दा दर्शक श्रोताले एउटा म्यासेज पाउन सक्छ्न । जुन म्यासेजले समाजको विकृति र विसंगतिलाई प्रतिनिधित्व गर्दछ । यसरी हरेक म्युजिकल फिल्मले समाजको एउटा नकारात्मक पाटोलाई चिर्ने प्रयास गरेको देखिन्छ । पछिल्लो भिडियो “गुनासो” पनि त्यही क्रमको निरन्तरता मान्न सकिन्छ ।
म्युजिकल फिल्म “गुनासो” मा एउटा कुलतले बर्बाद भएको परिवारलाई देखाईएको छ । एउटा पुरुषले धूम्रपान र मद्यपानको लतमा परी जवानीमै मृत्युवरण गरेपछि उसको परिवारले भोग्नु परेको मानसिक पिडालाई दर्साईएको देख्न सकिन्छ ।
म्युजिकल फिल्म “गुनासो” मा भारतीय प्रख्यात गायक कुमार सानुको आवाज सुन्न सकिन्छ । त्यसैगरी गीतका शब्दकार गोविन्द गिरि “प्रेरणा” र संगीतकार नरहरि प्रेमी हुन ।
म्युजिकल फिल्ममा असद खान र बबिता देवले अभिनय गरेका छ्न ।
म्युजिकल फिल्मलाई डी.बि.रौलेले छायांकन गरेका हुन भने मीन रावलले सम्पादन गरेका हुन । “नरहरी प्रेमी”नामक युटुब च्यानलबाट सो म्युजिक भिडियो हेर्न सकिन्छ । हेर्नुस् भिडियो ..
Comments are closed.