कञ्चनपुरमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो

कञ्चनपुर /कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बिहिबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।
जारी आदेशअनुसार मानिसको बढी भीडभाड हुने सबै प्रकारका सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।
खुला स्थानमा मानिसको भेला गराएर भीडभाड, सभा जुलुस तथा भोज भतेर गर्न पनि बन्देज लगाइएको छ । शैक्षिक संस्थाहरुले भौतिक रुपमा उपस्थित भएर पठनपाठन पनि गर्न पाउने छैनन् ।
Comments are closed.