बाढी पीडितको उद्धारमा जुटन पूर्वमन्त्री बिना मगरको निर्देशन

कञ्चनपुर, ११ भदौ ।
पूर्व खानेपानी मन्त्री तथा कञ्चनपुर क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य बिना मगरले बाढी पीडितको उद्धारमा जुटन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएकी छिन । शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै पूर्वमन्त्री मगरले भारी बर्षाका कारण सुदुरपश्चिम क्षेत्रको विभिन्न ठाउँमा बाढी पहिरो तथा कैलाली र कञ्चनपुर क्षेत्रमा डुबानका कारण भएको धनजनको क्षति प्रती दु:ख व्यक्त गरेकि छिन ।
केही दिन देखिको अविरल वर्षाको कारण सुदूरपश्चिम प्रदेशका तपाईँका जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। कञ्चनपुरको दोदा नदीको बहाव उच्च हुँदा आसपासको तटीय क्षेत्र बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका केही वडाहरू डुबानमा परेका छन्। हरेक वर्ष जस्तो यी क्षेत्रहरू बर्षायाममा डुबानमा पर्ने गरेका छन्।
डुबानमा परेकाहरूको उद्धार तथा राहतका कार्यहरू प्रभावकारी बनाउन पूर्वमन्त्री मगरले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारसँग आग्रह गरेकी छन्। उनले विषम परिस्थितिमा राहत तथा उद्धारका कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएकी छन्। साथै नदी तटीय क्षेत्रमा रहेका बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध पनि गरेकी छन्।
Comments are closed.