पुनर्वासमा दोदा नदिको बाढिले ५९ घर डुबानमा

कञ्चनपुर, ११ भाद्र ।
पुनर्वासमा दोदा नदिको बाढीले ५९ घर डुबानमा परेको छ । पुनर्वास ५ सिमरी गाउँमा दोदा नदिको बाढी पस्दा घरहरू डुबानमा परेका हुन । गतराती देखि सुदुरपश्चिमको पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि अहिले सुदुरका नदिहरुमा बाढी आईरहेको छ । यसले नदि किनारमा बस्ने सर्वसाधारण पिडित बनेका छ्न । घरमा राखिएका लत्ताकपडा र राशन पानी डुबेर अवस्था गम्भीर बनेको छ ।
यसैबीच बाढी पिडित सिमरीका स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी,पुनर्वास शाखाले चाउचाउ र पानी दिएर सहयोग गरेको छ । बिहानदेखि केही खान नपाएका सर्वसाधारण चाउचाउ र पानी पाउँदा खुशी भएका छ्न । “हामीले अहिले चाउचाउ र पानी मात्र बाँडेका छौ । आवश्यकता अनुसार अन्य राहत सामाग्री समेत बाँड्ने योजना गरेका छौ” नेपाल रेडक्रस सोसाइटी पुनर्वासका सचिव रुपेश खरेलले बताए । त्यसैगरी सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको “सँगसँगै” अभियानमा अभियन्ताहरु हिमेश थापा, रुपेश बि.क.लगायतका युवाका समूहहरुले पनि उद्धार कार्यमा सक्रियता देखाएका थिए । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय युवाहरूले डुबान क्षेत्रमा गई उद्धार कार्यमा सक्रियता देखाएका थिए ।
यसैबीच पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले डुबान क्षेत्रको अनुगमन गरि पीडित स्थानीयसंग भेटघाट गरेका छन। नगरप्रमुख थापाले डुबानबाट पीडितहरुलाई धैर्य गर्न अनुरोध गर्दै नगरपालिकाले यथासम्भव सहयोग गर्ने पनि बताएका छ्न ।
पुनर्वासमा याे वि.स. २०६५ साल पछीकाे ठूलाे बाढी भएको स्थानीयले बताएका छन ।
Comments are closed.