जिबि आग्रीको निर्देशनमा काठेभाकाको गीत ‘धागो चंगामा’ युट्युवमा सार्वजनिक(भिडियो सहित)
समाचार विशेष । सधै व्यस्त रहने नेपाली सांस्कृतिक क्षेत्रका अब्बल निर्देशक जिबि आग्रीले कोरोना महामारी बिचपनि थुप्रै म्युजिक भिडियो निर्देशन गरे । यसैक्रममा शुक्रबार मात्र निकै मिठो काठेभाकाको गीत सार्वजनिक भएको छ । चर्चित मोडल सारिका केसी र रमेश जतलको मुख्य अभिनयमा तयार भएको म्युजिक भिडियोका लागि स्वर चर्चित गायिका शान्ति श्री परियार र स्याम रसाईलीले दिएका हुन ।
अनिल नेपालीको शब्दमा तयार भएको गीतलाई संगीत भने रमेशराज बराईलीले दिएका हुन । गीतको म्युजिक एरेन्ज भने बिष्णु तामाङले गरेका हुनभने साउण्ड मिक्सिङ कुमार पुनले गरेका हुन ।
राग भिजन मल्टिमुभिजको पोस्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडियो सम्पादन र कलर मीन रावलले गरेका हुन । म्युजिक भिडियोको छायांकन दिपक गिरिले गरेका हुन ।
गाउँघरमा निकै रुचाइने प्रकृतिको यस गीतले प्रेम र वियोगका बिषयलाई उठाएको छ । विभिन्न रमणीय दृश्यहरुमा छायांकन गरिएको यस म्युजिक भिडियो स्तरीय बनेको छ ।
हेर्नुस् म्युजिक भिडियो




Comments are closed.