एमालेबाट निर्वाचित पुनर्वास ७ का सबै जनप्रतिनिधि एमालेमै रहने

–धनबहादुर बिक
कञ्चनपुर, २० भदौ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ७ बाट एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने घोषणा गरेका छन ।
२०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार पुनर्वासमा आयोजित भेलाले सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने निष्कर्ष निकालेको नेकपा एमालेका बाट निर्वाचित वडा नम्बर ७ का अध्यक्ष रामदुलारे रानाले बताएका छन ।
एमालेबाट निर्वाचित पुनर्वास नगरपालिका ७ का जनप्रतिनिधिहरूको भेलाले केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।
Comments are closed.