web analytics

सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने

धनगढी/ एमाले सुदूरपश्चिमका पूर्व प्रमुख सचेतक तथा प्रदेश सभासद तारालामा तामाङले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने भएका छन्। उनी आजै एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा उपस्थित हुन लागेका हुन्।
आजै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीसहित एक जना अर्का सांसदले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने तयारी गरेका छन्। यसअघि सुदूरपश्चिम प्रदेशका १० प्रदेश सांसद नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका थिए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.