माधवी बगरको “बिझाउने पीरती”, अन्तरजातीय प्रेम र हत्या
काठमाडौ । गायिका तथा मोडल माधवी बगरको नयाँ गित “बिझाउने पीरती”को म्युजिक भिडियो सनिवार रिलिज भएको छ । म्युजिक भिडियो रिलिज भएसंगै हाम्रो समाजमा फस्टाउँदै गएको अन्तरजातीय विवाह र त्यसबाट सृजना हुने परिस्थितिको बारेमा पुन: बहस सतहमा ल्याइदिएको छ । विज्ञान प्रविधिको तिब्र विकासले विश्व एउटा गाउँको रुपमा रुपान्तरण हुँदै गर्दा मानव मानव विच एकाअर्कालाई बुझ्ने, भावना साटासाट गर्ने कुरा सामान्य नै हो । यहि परिस्थिति भित्र मानवीय आकर्षण, विवाह जस्ता कुरा स्वभाविक पनि हुन । यहि मान्यता विश्वव्यापी रुपमा सर्वस्वीकार्य हुँदै गर्दा हाम्रो देशमा भने अन्तरजातीय विवाहलाई अझैपनी समाजले स्विकार्न सकेको देखिदैन । यद्यपि पाँच दशक अघि नै कानुनले अन्तरजातीय विवाहलाई मान्यता दियो । विगतका सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक पुरस्कार समेत दिने घोषणा गर्यो । आजपनि देशमा सयौं आईएनजिओ र एनजीओ सामाजिक भेदभावको विरुद्ध जनचेतना जगाउने भन्दै डलरको खेती गरीरहेका छ्न । तर पनि अन्तरजातीय विवाहकै कारण वर्षेनी दर्जनौं हत्या भईरहेको छ । अन्तरजातीय विवाहका कारण भएका शृङ्खलाबद्ध घटनाको पछिल्लो घटना रुकुम हत्याकाण्डको बारेमा हामी सबै जानकार नै छौ । एकातिर हामी सभ्य र विकासप्रेमी देखिन खोज्ने तर अर्कोतिर परम्परागत थोत्रा मान्यताहरुलाई काखी च्यापेर हिडने चलनको कारण नेपाली समाज वर्तमानमा कति पछाडी छ, त्यो हामीले महशुस गरेको विषयवस्तु हो ।
यहि थोत्रा मान्यताहरुलाई व्यंग्य गर्दै “बिझाउने पीरती” आएको छ । गित भित्रका कथा व्यथालाई भिडियोमा उतारेर सामाजिक सन्देश दिन खप्पिस निर्देशक जि.बि आग्री यस भिडियोमा पनि उत्तिकै सफल देखिन्छ्न । भिडियोको कन्सेप्ट र कथा निर्देशक आग्री स्वयंको रहेको छ ।

सफल मोडल तथा गायिका माधवी बगरको गायन,संगित रहेको सो गीतमा डबल ताडीले साथ दिएका छ्न ।
भिडियोमा मोडल सुशीलजङ्ग कुँवर र समिना बुढामगर मुख्य भूमिकामा छन् भने सुनिल लो र नरबहादुर साउकारको अभिनय पनि देख्न सकिन्छ ।
भिडियोको छायांकन तथा सम्पादन मीन रावलले गरेका हुन । हेर्नुस् भिडियो…




Comments are closed.