नेकपा एमाले भन्दा नेकपा एकिकृत एस ठूलो पार्टीः अध्यक्ष नेपाल !
भदौ २६
बाँके /नेकपा एकिकृत (एस) का अध्यक्ष माधवकुमार नेपालले कतिपय प्रदेशमा नेकपा एमाले भन्दा आफ्नो पार्टी ठूलो भएको दाबी गरेका छन् । सुदुरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकिकृत (एस) नेकपा एमाले भन्दा ठूलो पार्टी भइसकेको उनको दाबी छ । उनले बाग्मती प्रदेमा एमाले नेकृत्तवको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार छिटै बन्ने बताए ।
शनिबार नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासंग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताए ।




Comments are closed.