बाँसगढी नगरपालिकाले नगर प्रमुख छात्रवृद्धि प्रदान गर्दै !
कृष्ण बहादुर बुढा
भदौ २८
बर्दिया को बाँसगढी नगरपालिकले नगर प्रमुख छात्रवृत्ति
प्रदान गर्ने भएको छ ।जस अन्तरत १६ जना बिज्ञान बिषय पढ्ने विद्यार्थी हरुकालागी निशुल्क पढाउने ब्यबस्था गरेको छ । नगर प्रमुख छात्रवृत्ति अन्तर्गत बाँसगढी मा स्थायी
बसोबास गरेका र राम्रो विषय लगि उच्च शिक्षा अध्ययन
गर्न पछि परेका नगरबासीका छोरा छोरिको लागि यो
योजना ल्याएको कुरा नगर प्रमुख ले बताउनु भयो ।
अपांग तथा टुहुरा बालबालिका हरुलाइ छनोट गरि निशुल्क पढ्न पाउने ब्यवस्था गरेको छ । विशेष गरि महिला शिक्षा
लाई टेवा पुर्याउने उदेश्य का साथ यस बर्ष SEE पास गरेका
विपन्न तथा गरिब छात्रा ५० जना लाई निशुल्क अध्यन गर्ने
व्यवस्था रहेको कुरा नगर प्रमुख ले बताउनु भयो ।पढ्नमा जोड गर्ने उद्देश्य का साथ यो कार्यक्रम तय गरिएको छ।शिक्षा क्षेत्रमा विशेष महत्त्व राख्ने नगर प्रमुख ले फेरि पनि
यस्ता योजना ल्याउने समाचार विशेष लाई बताउनु भयो




Comments are closed.