पुनर्वासको जीवनज्योति मा.वि.को ५० औ वार्षिकोत्सव धुमधामका साथ मनाईयो
कञ्चनपुर, असोज १।
पुनर्वास ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव धुमधामका साथ मनाइएको छ । शुक्रबार एक कार्यक्रम विच पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले व्यानर पढेर वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुभयो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज हमाल र प्रमुख अतिथिका रुपमा नगरप्रमुख जीवनराज थापा स्वयं हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भरत बस्नेतले विद्यालयमा राखिएको नगर शिक्षक र निजी श्रोतबाट राखिएका शिक्षकहरुको तलब सम्बन्धि समस्या,मोटरसाइकल स्ट्याण्डको समस्यालाई हल गरिदिन र खेलकुद क्षेत्रलाई सहयोग गरीदिन नगरप्रमुख समक्ष अनुरोध गर्नुभयो ।
पुनर्वास ६ का वडाध्यक्ष मन बहादुर गुरुङले कोरोना महामारीका कारण विद्यालय बन्द भई बालबालिकाको पढाइमा नराम्रो असर परेकोमा दु:ख व्यक्त गर्नुभयो ।
नगरप्रमुख जीवनराज थापाले सामुदायिक विद्यालयहरुमा भौतिक संरचनाहरुको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । तर पुराना संरचनाहरुलाई मर्मत सम्भार गर्नुपर्ने लगायत अन्य थुप्रै सामुदायिक विद्यालयका समस्याहरुलाई नगरपालिकाले क्रमश:सम्बोधन गर्दै जाने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज हमालले विद्यालयमा निजी श्रोतमा राखिएका शिक्षकको समस्या लगायत अन्य थुप्रै समस्याको बारेमा नगरप्रमुखसंग बसेर छ्लफल गरि छिट्टै समाधान निकालिने जानकारी गराउनुभयो । कार्यक्रमलाई विद्यालयका शिक्षक युवराज सुयलले सञ्चालन गर्नुभएको थियोे ।



Comments are closed.