पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो “यो माया हो”को टिजर सार्वजनिक
काठमाडौ । हाल निकै चर्चामा रहेका कलाकार पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो “यो माया हो”को टीजर युटुबमा सार्वजनिक गरीएको छ । म्युजिक भिडियोमा निर्मल लामा र मेलिना राईको सुमधुर आवाज सुन्न सकिन्छ । गितका शब्द तथा संगित एडिबी लामाको रहेको छ ।
भिडियोमा नायक पल शाहलाई टिकटकबाट चर्चा कमाएका जुम्ल्याहा दिदिबहिनी प्रीज्मा र प्रीन्सीले साथ दिएका छन । म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन । त्यसैगरी राम कुमार केसीको छायांकन र दिपक एम. सिंहको कोरियोग्राफी रहेको छ ।
म्युजिक भिडियो आउँदो मंगलबार “लाईम लाईट ” नामक युटुब च्यानलबाट सार्वजनिक गरीने गायक निर्मल लामाले समाचार विशेषलाई बताए । हेर्नुस् टिजर…



Comments are closed.