आर्थिक मामिला मन्त्री तारालामा तामाङद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण
कञ्चनपुर, २ असोज ।
सुदुरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन । शुक्रबार मन्त्रीको सपथ लिए लगत्तै गृहनगर पुनर्वास पुगेका तामाङले सनिवार विहानै पुनर्वास ४ मा रहेको सहिद गोविन्द गौतम स्मृति पार्कमा पुगी माल्यार्पण गरेका हुन । पुनर्वास नगरपालिका ४ का वडाध्यक्ष प्रेम बस्नेत लगायतका जननिर्वाचित पदाधिकारीहरु र स्थानीयले मन्त्री तामाङलाई स्वागत गरेका थिए । मन्त्री तामाङको साथमा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा पनी त्यहाँ पुगेका थिए ।
माल्यार्पण कार्यक्रम पश्चात् मन्त्री तामाङले सहिद गोविन्द गौतमको परिवारलाई भेटेका थिए । सहिद गौतमको बुवालाई भेटी आर्थिक अवस्था र सहिद गौतमको छोरीहरूको अवस्था बारे जानकारी लिएका थिए । भेटमा पुनर्वासका नगरप्रमुख जीवनराज थापाले सहिद परिवारलाई आफ्नोतर्फबाट सधै सकारात्मक पहल भईरहने बताए ।



Comments are closed.