कञ्चनपुरमा सशस्त्र प्रहरीलाई भारतिय तस्करले कुटेपछी
कञ्चनपुर/दोधारा चाँदनी नगरपालिका वडानम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छ्न ।
तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले तस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताए।
‘सशस्त्र प्रहरीका केही जवानमाथि कुटपिट भएको छ,’ ऐरले भने, ‘नियन्त्रणमा लिने प्रयास गरेका थियौँ तर सबै भागेका छन्।’ उनका अनुसार सोमबार राति ८ बजे नेपाल–भारत सीमा क्षेत्रमा उक्त घटना भएको हो।
नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसारपसार गरिरहेको समयमा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो। तर समूहमा आएका तस्करले सशस्त्र प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेर गएको गरेको स्थानीयले बताएका छन्।



Comments are closed.