सुक बहादुर तामाङ बने नेपाली काँग्रेस पुनर्वासको सभापति
कञ्चनपुर /नेपाली काँग्रेस पुनर्वास नगरपालिकाको सभापतिमा शुकबहादुर तामाङ निर्वाचित भएका छन्।
गत सनिवार पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको निर्वाचनमा तामाङ आफ्ना निकटतम प्रतिद्वन्द्वी दिलु बोहरालाई पराजित गर्दै पुनर्वास काँग्रेस नगर सभापतिमा चयन भएका हुन् ।
सभापती तामाङले ८३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी बोहराले ७३ मत प्राप्त गर्न सफल भएका थिए ।
१० मतले विजयी बनेका तामाङ संस्थापन दिवान विष्ट नजिकका नेता हुन् । भने पराजित अर्का उम्मेदवार बोहरा लेखक पक्षबाट अधिवेशनमा उभिएका थिए ।
लेखक पक्षका उप सभापतिका उम्मेदवार खगेन्द्र ओझाले ८९ मत र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याउदा दिवान पक्षका नरबहादुर सिंहले ५३ र शेरबहादुर पुजाराले ७३ मत ल्याउदै पराजित भएका हुन् ।
सचिवमा प्रवीण रावल(परी) ले ८० मत र चन्द्रमणी गैरेले ७७ मत ल्याउदै निर्वाचित भएका छन् । भने दिपेन्द्र बस्नेतले ७० मत र यादव खड्काले ६५ मत ल्याउदै पराजित भएका थिए ।
त्यस्तै सह-सचिवमा गुड्डु रानाले ७५ मत र लौटन रानाले ७२ मत प्राप्त गर्दै भक्त बहादुर साउद र सम्भु सार्कीलाई पराजित गराएका थिए । सह-सचिवमा पराजित साउदले ७१ र सुनारले ७० मत ल्याएका थिए । सभापतिमा दिवान बिष्ट पक्षका उम्मेदवार विजयी भएपनि अन्य पदमा लेखक पक्षका उम्मेदवार पनि विजयी भएका छन् ।
१ सय ६९ कूल मतदाता रहेकाे पुनर्वासमा १ सय ६७ मत खसेकाे थियाे भने ११ मत बदर भएकाे थियाे ।



Comments are closed.