web analytics

प्रेमिकालाई बुलेटवाला केटोले उडाएपछि निर्देशक जि.बि आग्रीको भयो यस्तो हालत ( हेर्नुस भिडियो)

काठमाडौ/आफुले मनैदेखि प्रेम गरेको प्रेमिकालाई जब बुलेटवाला केटोले उडाउँछ तब त्यो पीडा कति असहनिय हुन्छ ? त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । आफ्नो आर्थिक हैसियत कमजोर भएपछि जब आफ्नी प्रेमिका सम्पन्न पुरुषसंग आकर्षित हुन्छ । त्यो बखतको दर्दनाक अवस्थाबाट आज कैयौं पुरुषहरु गुज्रिरहेका छ्न । समाजभित्र लुकेर बसेको यहि विकृत विषयलाई निर्देशक जि.बि आग्रीले भिडियो मार्फत पर्दाफास गर्ने प्रयास गरेका छ्न ।
भिडियोमा विपन्न पुरुषको रुपमा स्वयं जि.बि आग्रीले अभिनय गरेका छ्न भने सम्पन्न पुरुषको रुपमा किशोर आग्रीले अभिनय गरेका छ्न । त्यसैगरी प्रेमिकाको रुपमा भने बबिता देवले अभिनय गरेकी छिन । भिडियो हेर्ने जो कोहीको मन एकचोटि भावुक हुन्छ नै ।
सयौ भिडियो निर्देशन गरेर निर्देशकको रुपमा स्थापित भईसकेका जि.बि आग्रीले यस भिडियोमा अभिनय गरेका छ्न । अभिनयको हिसाबले निर्देशक आग्रीको अभिनय उत्कृष्ट देखिन्छ । त्यसैगरी हाल मोडलिङ्ग क्षेत्रमा जम्दै गरेकी सुन्दरी मोडल बबिता देवको अभिनयमा खोट लगाउने ठाउँ देखिदैन । भिडियोका अर्का पात्र किशोर आग्रीको हेन्सम लुक्सले भिडियो हेर्ने दर्शकलाई आँखा झिम्काउने अनुमती दिदैन ।
त्रिकोणात्मक प्रेमलाई मुख्य विषयवस्तु बनाएर बुनिएको कथा स्वयं निर्देशक जि.बि आग्रीले लेखेका हुन । छायांकन डि.बि.रौले गरेका हुन भने सम्पादन मीन रावलले गरेका हुन ।
“तम्रा मनमा” नामक सो भिडियोको गित युटुबमा पहिले नै हिट भैसकेको गीत हो । यो गीत “रेलको बाटो” बोलको चर्चित गित गाएर चर्चामा आएका गायक सुरज पण्डितले गाएका हुन । जसमा शब्द सुमन थापाको रहेको छ भने स्वयं गायकले यसमा संगित भरेका हुन ।
यो भिडियो “suraj pandit” नामक युटुब च्यानलबाट हेर्न सकिन्छ । जुन च्यानलमा थुप्रै हिट गीतहरूको कलेक्सन पाउन सकिन्छ । हेर्नुस् भिडियो …..

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.