पुनर्वासबाट बच्चा सहित हराईन महिला,शेयर गरि सबै माझ पुर्याईदिन अनुरोध
कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित महिला हराएकी छिन ।
पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी हुन । सम्पूर्ण आफन्त र नातेदारसंग सम्पर्क गर्दा पनि पत्ता लगाउन नसकेको र कहाँ र के उद्देश्यले भागेको भन्ने थाहा नभएको परिवारका सदस्यहरुले बताएका छ्न ।
खोज्ने क्रममा सोधपुछ गर्दै जाँदा असोज ३० गते विहान छ बजे एउटा सानो बच्चा सहित बोर्डर क्रस गरेको जानकारी भारतीय सुरक्षाकर्मीबाट पाएको र
आफु घरमा नभएको मौका पारी गरगहना र पैसा समेत लिएर श्रीमती भाग्दा आफू निकै दुखित भएको श्रीमान मदन खडकाले समाचार विशेषलाई बताए ।
पीडित खड्काले आफ्नी श्रीमती देख्ने व्यक्तिले आफुलाई नेपाली नम्बर 9822634724 वा भारतीय नम्बर 9108075291 मा whats app गर्न अनुरोध गरेका छ्न । र यो समाचार पढनेले शेयर गरि सबैतिर पुर्याईदिन समेत पीडित श्रीमानले सबैमाझ अनुरोध गरेका छ्न ।



Comments are closed.