web analytics

पुनर्वासबाट बच्चा सहित हराएकी महिला पत्ता लाग्यो,उद्धार गरीदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित हराएकी महिला भारतको पञ्जाबमा रहेको पत्ता लागेको छ ।
पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी थिईन ।
खोज्ने क्रममा सोधपुछ गर्दै जाँदा भारतमा रहेका आफन्तहरुको सहयोगमा आफ्नी श्रीमती भारतको पञ्जाबमा रहेको आफुले थाह पाएको श्रीमान खडकाले बताए ।
हाल भारतको पञ्जाब रहेर कुनै सरदारको घरमा काम गरीरहेको खबर पाएपनी श्रीमति सम्पर्कविहिन रहेको उनले बताए । श्रीमती आफैले सम्पर्क गर्न नचाहेको हो वा काम गर्ने घरको मालिकले सम्पर्क गर्न नदिएको आफुले बुझ्न नसकेको समेत उनले बताए ।
आफु घरमा नभएको मौका पारी गरगहना र पैसा समेत लिएर श्रीमती भाग्दा आफू निकै दुखित भएको र आफ्नी श्रीमतीलाई उद्धार गरिदिन पीडित खडकाले सम्बन्धित सबैलाई अनुरोध गरेका छ्न ।
आफुलाई मद्दत गर्न चाहने व्यक्तिले नेपाली नम्बर 9822634724 वा भारतीय नम्बर 9108075291 मा whats app गर्न पीडित खड्काले अनुरोध गरेका छ्न । र यो समाचार पढनेले शेयर गरि सबैतिर पुर्‍याईदिन समेत उनले सबैमाझ अनुरोध गरेका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.