web analytics

पुनर्वास: छ बर्षको हुँदा भारतमा हराएका छोरा चौबीस बर्षको जवान हुँदा भेटीएपछि

कञ्चनपुर/ छ बर्षको हुँदा भारतमा हराएका छोरा चौबीस बर्षको जवान हुँदा भेटीएपछि परिवारमा खुशियाली छाएको छ । करिब अठार बर्ष अघि पुनर्वास ६ का बलबहादुर सुनार आफ्नो परिवारसहित भारतको गढवालमा रोजगारीको सिलसिलामा गएका थिए । त्यही समयमा उनका छ बर्षका माईला छोरा सुरेस एकदिन अचानक गायब भए । चिनेजानेको र सम्भावित सबै ठाउँमा खोज्दा नभेटिएपछि निरास भएर उनीहरु नेपाल फर्के । भगवानलाई गुहार माग्ने बाहेक उनीहरूसंग त्यसबेला कुनै उपाय थिएन ।
तर गत बुधबार ईलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तीले छोरा सम्पर्कमा आएको खबर सुनाउँदा बलबहादुर सुनार (बर्ष ५४)ले पहिले त विश्वासै गर्न सकेनन । तर वास्तविकता यहि थियो ।
अहिले उनले ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीबाट जिम्मा लिएर छोरालाई घर ल्याईसकेका छ्न । अठार बर्षपछी परिवारमा पुन: खुशियाली फिर्ता आएको छ ।
आफ्नो छोरालाई आफुसंग भेट गराईदिने कार्यमा सक्रिय भूमिका निभाएकोमा इन्स्पेक्टर कैलाश सिंह बिष्ट सहित सम्पूर्ण ईप्रका त्रिभुवन बस्ती टिमलाई सुनारले धन्यवाद दिएका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.