महाधिवेशन प्रतिनिधिमा सर्वाधिक १५१७ मत ल्याएर वीर बहादुर थापा निर्वाचित, अन्य कोको छानिए हेर्नुस्
कञ्चनपुर क्षेत्र नम्बर एकको एमाले महाधिवेशन प्रतिनिधि निर्वाचित
नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । प्रतिनिधि छनौटका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा आइतबार दिउँसो मतदान कार्य गरी आइतबार रातिदेखि नै मतगणना कार्य सुरु गरिएको थियो ।
सोमबार बिहान सम्पन्न मत गणनाबाट महाधिवेशन प्रतिनिधिहरूको टुङ्गो लागेको नेकपा एमाले क्षेत्रीय स्तरको निर्वाचन कमिटी कञ्चनपुर क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत वेद प्रसाद उपाध्यायले बताउनु भयो ।
उहाँका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा खुला तर्फ कुल २ हजार ८ सय ६ सङ्गठित सदस्य मतदाताहरू रहेकोमा १ हजार ७ सय ४० सङ्गठित सदस्यहरूले मतदान गर्नु भएको थियो । ४ जना खुला प्रतिनिधि छनौटका लागि भएको चुनावबाट वीर बहादुर थापा १,५१७, पल्लवराज भट्ट १,१५३, भक्त बहादुर अधिकारी ८०६ र हिरासिंह बिष्ट ७४१ मत सहित निर्वाचित हुनु भएको छ । अन्य उम्मेदवारहरू रोशन बहादुर खड्का (७२६), खेम सुवेदी (६५०), रामचन्द्र नेपाल (४८५) र खेमराज ओझा (२७०) महाधिवेशन प्रतिनिधिमा छनौट हुन सक्नु भएन । त्यस्तै १ जना महिला प्रतिनिधिका लागि कमला बोहरा ९२६ मत सहित निर्वाचित हुनु भएको छ भने चित्रा देवी चौधरी (७२३) छनौट हुन सक्नु भएन ।




Comments are closed.