web analytics

कञ्चनपुर १ मा एमाले महाधिवेशन प्रतिनिधि छनौट कार्य सम्पन्न

कञ्चनपुर/ २९ कार्तिक
कञ्चनपुर क्षेत्रनम्बर १ मा एमाले महाधिवेशन प्रतिनिधि छनौट कार्य सम्पन्न भएको छ ।
नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुन गईरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागीताको लागी कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावी प्रक्रियाबाट हिजो आईतवार महाधिवेशन प्रतिनिधि छनौट गरिएको हो ।
क्षेत्रनम्बर १ मा खुलातर्फ कुल २ हजार ८ सय ६ सङ्गठित सदस्य मतदाताहरू रहेकोमा १ हजार ७ सय ४० सङ्गठित सदस्यहरूले मतदान गरेका थिए । ४ जना खुला प्रतिनिधि छनौटका लागि भएको चुनावबाट वीर बहादुर थापा १,५१७, पल्लवराज भट्ट १,१५३, भक्त बहादुर अधिकारी ८०६ र हिरासिंह बिष्ट ७४१ मत सहित निर्वाचित हुनु भएको छ । अन्य उम्मेदवारहरू रोशन बहादुर खड्का (७२६), खेम सुवेदी (६५०), रामचन्द्र नेपाल (४८५)  र खेमराज ओझा (२७०) महाधिवेशन प्रतिनिधिमा छनौट हुन सक्नु भएन । त्यस्तै १ जना महिला प्रतिनिधिका लागि कमला बोहरा ९२६ मत सहित निर्वाचित हुनु भएको छ भने चित्रादेवी चौधरी (७२३) छनौट हुन सक्नु भएन । यो समाचार नेपाल बोध डटकमका लागी हरिश्चन्द्र बागले लेखेका हुन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.