web analytics

पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

कञ्चनपुर/ १२ मङ्सिर
पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । पुनर्वास–८ पृथ्वीबस्ती स्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको रुपमा उद्घाटन गरेको हो।
शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले संयुक्त रुपमा पानसमा बत्ती बालेर रिबन काटेर दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरेका हुन्।
वर्षौं देखि कृषकहरुबाट दुध संकलन गरी अन्यत्र लैजाने गरेको सहकारीले आफ्नै चिस्यान केन्द्र  सञ्चालनमा ल्याएपछि अब निकै सहज हुने अध्यक्ष चक्रप्रसाद ओझाले बताए।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.