सुदूरपश्चिममा हल्का वर्षा हुने,उच्च पहाडी हिमपातको सम्भावना
कञ्चनपुर/ सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ । सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आकंलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।



Comments are closed.