web analytics

फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर/२२ मङ्सिर ।
पुनर्वास १० स्थीत फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । आगामी पुस २ गते हुन गईरहेको सो फुटबल प्रतियोगिता आधारभुत तह विद्यालय स्तरीय हो । मङ्सिर २९ गते दर्ता गर्ने अन्तिम मिति तोकिएको छ । टाईसिट प्रकाशन आउँदो पुस १ गते गरिने तथा दर्ता निशुल्क रहेको सूचनामा जनाईएको छ ।
प्रतियोगितामा सोह्र टिमको सहभागीता रहने तथा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः रु.१५०००, ७५०० को साथमा ट्रफी र मेडल, सर्वाधिक गोलकर्तालाई रु.१५०० र कप,सर्वोत्कृष्ट गोलरक्षकलाई रु.१५०० र कप र उदयीमान खेलाडी पुरस्कार रु. १५०० र कप रहेको फारवेष्ट ईण्टरनेशनल स्कूलका अध्यक्ष काशीराम बोहराले समाचार विशेषलाई बताए ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.