पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ
कञ्चनपुर/पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन ।
प्रहरीले धनगढी-७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई दोदा पुलबाट सनिवार पक्राउ गरेको हो ।
उनीहरूबाट १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पास बरामद भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए । उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसैया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Comments are closed.