बाँसगढीमा हुने बर्दिया माघ महोत्सव २०७८ को तिब्र तयारी !
पौष २३
कृष्ण बा बुढा
बर्दिया /बर्दिया को बाँसगढी मा यहि पौष २९ गते देखि ९ गतेसम्म संचालन हुने बर्दिया माघ महोत्सव २०७८ को तिव्र गतिमा तयारी भईरहेको आयोजक मुल समितिले जनाएको छ । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजकका एक नारायण अधिकारीका अनुसार महोत्सवको तयारी ६० प्रतिशत भन्दा बढी तयारी पुरा भइसकेको छ । महोत्सव स्थल निर्माण, तारबारको काम समेत तिव्र पारिएको समितिले जनाएको छ ।
महोत्सव स्थलमा रमाईलो मेला, थारु गाउँ, होटल, अन्य घरेलु, कृषि स्टल राखिने काम भइरहेको मुल आयोजक समितीका संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताउनु भयो ।




Comments are closed.