पुनर्वासमा नेपाल तामाङ घेदुङको प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न
कञ्चनपुर/ २४ पुष
पुनर्वासमा नेपाल तामाङ घेदुङको प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम पुनर्वास न्यु सम्राट होटलको सभाहलमा भएको थियोे ।ने.ता.घे.सुदुरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
आगामी फागुन ६,७ र ८ गते हुन गईरहेको नवौं संघीय महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन तथा सांगठनिक र आर्थिक प्रतिवेदन सम्बन्धि प्रस्तावमा छ्लफल गरी केन्द्रमा पठाउने प्रयोजनका लागि सो कार्यक्रम आयोजना गरिएको नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेश कार्यसमिति उपाध्यक्ष नरबिर मोक्तानले बताउनुभयो ।
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेश अध्यक्ष केशव थिङ तामाङको सभापतित्व, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री तारालामा तामाङको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा अतिथिको आसनमा सुदुरपश्चिम आर्थिक राज्यमन्त्री माया तामाङ बोहरा सहित
जनप्रतिनिधि, विभिन्न जातीय संगठनका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।
कार्यक्रममा तामाङ समुदायबाट मन्त्री र राज्यमन्त्री पदमा पुग्न सफल तारालामा तामाङ र माया तामाङ बोहरालाई सम्मान गरीएको थियो ।
त्यसैगरी पुनर्वासको तामाङ समुदायबाट एम.बि.बि.एस.पास गरि डाक्टर बन्न सफल कैलाश लामा, मोशा तामाङ, सुमित्रा तामाङ तथा एम.एल.टी. बन्न सफल प्रकाश तामाङ र इञ्जिनियर बन्न सफल वैद्य कुमार तामाङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । त्यसैगरी पुनर्वास न्यु सम्राट होटलका सञ्चालक सञ्जु गुरुङ सहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने अन्य महानुभावलाई पनि कार्यक्रममा मायाको चिनो र खादाले सम्मान गरिएको थियो ।
मन्तव्यको क्रममा सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री तारालामा तामाङले आफुलाई गरिएको सम्मान आफुलाई नभएर आफुलाई जिताउने सम्पूर्ण जनताको सम्मान भएको बताउनुभयो ।
मन्त्री तामाङले अर्को समुदायलाई गाली गरेर कहिले पनि माथी उठन नसकिने बताउनुहुँदै मेहनत र लगनशील भएर आफ्नो समुदायको विकासमा लाग्न सम्पूर्ण तामाङ समुदायलाई आव्हान गर्नुभयो ।



Comments are closed.