web analytics

कोरोनाका कारण स्थगित हुँदै मेला महोत्सव

कञ्चनपुर /कञ्चनपुरको बेलौरीमा आयोजना हुँदै आएको माघी मेला स्थगित भएको छ । आयोजक थारु कल्याणकारिणी सभाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना तिब्र रुपमा फैलिरहेको कारण सरकारको निर्देशनमा मेला स्थगित भएको जनाएको छ । त्यसैगरी कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको आयोजनामा आज पुस २७ देखि माघ ९ गतेसम्म ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ पनि कोरोनाको कारण स्थगित भएको छ । यसैक्रममा कैलालीको गोदावरीमा माघ १ गते देखि लाग्ने अर्धकुम्भ मेला पनि स्थगित गरिएको छ । गोदावरीधाम विकास समितिले सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै भौतिक रुपमा गरिने सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ । त्यसैगरी भोलिदेखि माघ ९ नौ गतेसम्म पोखरामा हुन लागेको ‘पोखरा महोत्सव’को ११ औं संस्करण आयोजना हुन लागेको महोत्सव पनि कोरोनाकै कारण स्थगित भएका छ्न । महोत्सव आयोजकहरुले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगित भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गृह मन्त्रालयले कोभिड–१९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिसका आधारमा सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै जम्मा नहुन निर्देशन दिएपछि धमाधम मेला महोत्सवहरु स्थगित हुन थालेका हुन् ।
त्यसैगरी चितवनको देवघाटमा हुने माघे संक्रान्ति मेला समेत स्थगित भएको छ । मेलामा देशैभरका भक्तजनको भेला हुने भएकाले मेला स्थगित गरिएको छ ।
गृह मन्त्रालयले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्सव रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.