पुनर्वासमा एकाबिहानै दुर्घटना, पाँच घाइते
कञ्चनपुर, २९ पुष ।
पुनर्वासमा एकाबिहानै दुर्घटना भएको छ ।
पुनर्वास ११ स्थित देउराली नालामा बिहान ६ बजेतिर सो दुर्घटना भएको हो । दार्चुलाबाट बेलौरी जाँदै गरेको सु प्र प ०१ ००१ ज १३६३ नम्बरको जिप नालामा खस्न पुगेको छ ।
गाडीमा सवार ५ जना घाईतेलाई अस्पताल पठाइएको छ। गाडी अनियन्त्रित भइ पुलको बिममा ठोकिएर खोलामा खसेको अस्थायी ट्राफिक प्रहरी पोस्ट डोकेबजारका ईन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक जोशिले जानकारी दिनुभयो। घाईतेको सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको ट्राफिक प्रहरीले जानकारी दिएका छ्न ।



Comments are closed.