पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन पत्र पेश,नोक्सानी भए नगरपालिकाले जिम्मेवारी लिनुपर्ने
कञ्चनपुर, २८ पुष ।
पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन-पत्र पेश गरिएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,नेपाल राहत शिक्षक समिति, नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतका संगठनहरुले संयुक्त रुपमा पुनर्वास नगरपालिकाका विद्यालय निरीक्षक शिवराज भट्टलाई ज्ञापनपत्र बुझाएका छ्न । उनीहरुले सिसिएमसीको सिफारिस तथा शिक्षा मन्त्रालयको निर्णय अनुसार आगामी माघ १५ गते सम्म नेपाल भरीका विद्यालय बन्द गर्ने निर्णय गरेपनि नगर प्रमुख जीवनराज थापाको अध्यक्षतामा बसेको पुनर्वासका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले वि.व्य.स. तथा शिक्षकहरुसंग समन्वय गरि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियोे । यस प्रती शिक्षक संगठनहरुले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छ्न । विगतमा कोरोनाको कारण विद्यार्थी, शिक्षक र अभिभावकको मृत्यु भएको उल्लेख गर्दै ठोस निर्णयमा पुग्न अनुरोध गरिएको छ । साथै मानव स्वास्थ्यका लागि कोभिड १९ निकै संवेदनशील मानिएकाले कसैको दवाबमा नपरी दुरदर्शिता र भौतिक दुरीबाटै हटाउनु र घटाउनु पर्ने कुरालाई अन्य नगरपालिकाले झै स्वीकार्न समेत आग्रह गरिएको छ । अन्यथा यसबाट हुनसक्ने नोक्सानीको जिम्मेवारी स्वयं नगरपालिकाले लिनुपर्ने भनाइ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सिसिएमसीको सिफारिस पश्चात् शिक्षा मन्त्रालयले पुष २७ देखि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनी पुनर्वासका अधिकांस विद्यालयहरु पुर्ववत सञ्चालन भईरहेका छन ।




Comments are closed.