web analytics

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी

कञ्चनपुर /नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । प्रतिस्पर्धी बीरबहादुर थापालाई हराउँदै विष्ट विजयी भएका हुन् ।  थापाले १ सय ८३ मत पाए भने विष्टले २ सय ८१ मत ल्याए ।
यसैगरी, उपाध्यक्ष लक्ष्मी बुढा २ सय ५४ मत ल्याउँदै निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी महेश पन्तले २ सय ५ मत पाए । यसैगरी सचिवमा पल्लवराज भट्ट विजयी भएका छन् ।
प्रतिस्पर्धी अशोककुमार चन्दले २ सय २६ मत पाउँदा भट्ट २ सय ३३ मत ल्याउँदै विजयी भए ।  । उपसचिवमा फैरु तमाङ र कर्णबहादुर चन्द निर्वाचित भएका छन् । चन्दले ३ सय ४७ मत र तमाङले २ सय ९६ मत ल्याएका थिए ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.