web analytics

पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने

कञ्चनपुर, पुष २९ ।
पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना जारी गर्दै
नगरक्षेत्रका सम्पूर्ण विद्यालयहरुमा आगामी माघ १५ गते सम्म भौतिक उपस्थितिमा गरीने पठनपाठन कार्यमा रोक लगाएको हो । प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टद्वारा हस्ताक्षरीत सूचनामा कोभिड १९ को संक्रमण बढिरहेको सन्दर्भमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको २०७८।९।२६ गते प्रकाशित सूचना तथा प्रेस विज्ञप्ति साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मिति २०७८।९।२८गते जारी भएको सूचना बमोजिम नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामी माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउन सूचित गरेको छ ।
सिसिएमसीको सिफारिस तथा शिक्षा मन्त्रालयको निर्णय अनुसार आगामी माघ १५ गते सम्म नेपाल भरीका विद्यालय बन्द गर्ने निर्णय गरेपनि नगरप्रमुख जीवनराज थापाको अध्यक्षतामा बसेको पुनर्वासका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले वि.व्य.स. तथा शिक्षकहरुसंग समन्वय गरि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियोे । तर बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना प्रकाशन गरि विद्यालय बन्द गर्न आदेश दिएको थियोे । त्यसैगरी विद्यालय बन्द गर्न विभिन्न शिक्षक संघ, संगठन र ट्रेड युनियन लगायतका संगठनहरुले नगरपालिकामा पुगी ज्ञापनपत्र पेश गरेका थिए ।

Facebook Comments
Below Article Content Ads

Comments are closed.