web analytics

भाइरल बन्यो बाँसगढीको किसान चोक !

माघ ४

बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकालले बाँसगढी बजारमा बनाएको किसान चोक यति बेला सामाजिक सन्जालमा भाइरल बनेको छ । चोक उदघाटन गरिएकै दिन भाइरल बनेको हो । हजारौँले किसान चोक अगाडि सेल्फी खिचेर सामाजिक सन्जालमा पोष्ट गरेका छन् । बाँसगढी नगरपालिकलामा बहुसंख्यक स्थानीय किसान, कमैया तथा मजदूरहरुको बसोबास रहेकाले किसान चोक बनाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख शालिकराम अधिकारीले बर्दियाको बाँसगढी बजारमा किसान पेसा झल्किने हलो बोकेको किसानको पूर्ण कदको शालिक निर्माण गरी अनावरण गरिएको बताए । किसान चोक मुलुकको अन्यत्र स्थानमा नरहेको दाबी गरिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.