web analytics

पुनर्वास लगायत कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक ६ घण्टा विजुली जाने

कञ्चनपुर/ १६ माघ ।
पुनर्वास लगायत कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक ६ घण्टा विजुली जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको बेलौरी वितरण केन्द्रले आइतबार एक सूचना जारी गर्दै दैनिक ६ घण्टा विद्युत सेवा बन्द गर्ने जानकारी गराएको हो । सूचनामा माघ १८ देखि करीब दुई महिनासम्म बिहान १० देखि साँझ ४ बजेसम्म विद्युत सेवा बन्द गरिने जनाएको छ ।
झलारी–बेलौरी ३३ केभी लाइन अपग्रेड कार्यका लागि केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवा बन्द गरिने जनाउँदै लाइन पुरानो र जिर्ण हुँदै गएको तथा ग्राहकहरुको संख्या दैनिक बढिरहेकोले अहिले लाइन अपग्रेड गरिएन भने गर्मी समयमा समस्या उत्पन्न हुने भएकाले मर्मत गर्न लागिएको बताईएको छ ।
बेलौरी, पुनर्वास, बेलडाँडी गाउँपालिकाका सबै वडा र लालझाडी गाउँपालिकाको १ र २ वडामा विद्युत सेवा हुने हुनेछ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.