आजदेखी चिनमा ओलम्पिक सुरु,भारतले बहिस्कार गर्ने
काठमाडौं/२१ माघ।
आजदेखी चिनमा बेईजिङ ओलम्पिक सुरु हुन लागेको छ । तर भारतले बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले उक्त कुरा बताएका हुन् ।
बेइजिङस्थित भारतीय कूटनीतिज्ञले ओलम्पिक समारोहमा भाग नलिने कुरा प्रवक्ता बागचीले बताएका हुन् । यसअघि बेलायत, अमेरिका र अष्ट्रेलियाले पनि कूटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।



Comments are closed.