web analytics

नेकपा एमाले पुनर्वासको तेस्रो पूर्ण बैठक सम्पन्न 

कञ्चनपुर/२८ माघ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) पुनर्वास नगर कमिटीको तेस्रो पुर्ण बैठक शुक्रबार सम्पन्न भएको छ ।

हालै सम्पन्न नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनबाट निर्वाचित एकजना पदाधिकारी उपसचिव सहित १४ जना जिल्ला सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम सहित आगामी फागुन १ देखि ११ गतेसम्म पुनर्वासका ११ वटै वडामा वडा भेला गरि कमिटी गठन गरिने जनाईएको छ ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनमा आफ्नो पक्षमा बहुमत सुनिश्चित गर्ने उद्देश्य सहित भेलाको आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छ्न । कार्यक्रममा पार्टीका नवनिर्वाचित कञ्चनपुर जिल्ला कमिटी सदस्य लगायत प्रदेश कमिटी सदस्य, अन्य जनवर्गीय संगठनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुनर्वास नगर कमिटी सचिवालय उपाध्यक्ष खडक सुनारको सभाध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिरबल विश्वकर्मा रहेका थिए भने अतिथिमा नेकपा एमाले कञ्चनपुर उपसचिव फैरू तामाङ , कञ्चनपुर सदस्य तथा पुनर्वास नगरपालिका उप प्रमुख सारदा शर्मा बिष्ट, प्रदेश कमिटी सदस्य सोमराज बराल नेपाल उत्पिडित जातिय मुक्ति समाज केन्द्रीय सदस्य बिष्णु बिक , नेकपा एमाले कञ्चनपुर सचिवालय सदस्य भारमल सुनार , कञ्चनपुर जिल्ला सदस्य शान्ति तामाङ , जितबहादुर तामाङ लगायत अतिथि रहेका थिए ।

नेकपा एमाले पुनर्वास नगर उपसचिव रामसिंह बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव काशीराम बोहराले गरेका थिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.