web analytics

प्रधानमन्त्रीलाई भेटन प्रचण्ड र माधव नेपाल वालुवाटारमा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनमा आवद्ध तीन शीर्षस्थ नेताबीच एमसीसी र स्थानीय चुनावबारे छलफल भइरहेको बताइएको छ ।
पछिल्लो घटनाक्रममा नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने पक्ष लिँदा माओवादी भने एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने अडानमा छ । यता, नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।
एमसिसी सम्झौताका कारण नेपाली राजनीतिमा ठुलो तरंग पैदा गरिरहेको छ । उक्त विषयमा तीन नेताबीच गम्भीर छलफल भएको बताइएको छ ।स्रोतका अनुसार एमसिसी सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा उत्पन्न विवादबारे उनीहरुबीच छलफल भएको हो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.