web analytics

राजेश हमालद्वारा अभिनित तथा निर्देशक जि.बि आग्रीद्वारा निर्देशित गीत “हजुर मुसुक्कै” ट्रेण्डिङ्गमा

काठमाडौं । अभिनेता राजेश हमालद्वारा अभिनित तथा निर्देशक जि.बि आग्रीद्वारा निर्देशित गीत “हजुर मुसुक्कै” युटुबमा ट्रेण्डिङ्गमा परेको छ ।
राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड सो गीतले २४ घण्टा बित्दा नबित्दै युटुब ट्रेन्डिङ तेस्रोमा स्थान बनाएको हो ।

भिडियो निर्देशन गर्दै निर्देशक जिबि आग्री

निर्देशक जि.बि आग्री ‘हजुर मुसुक्कै’ले स्रोता-दर्शकको अत्यधिक माया पाइरहेकोमा उत्साहित देखिएका छ्न । आइतबार मात्रै रिलिज गरिएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको हो ।
सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको सुमधुर आवाज रहेको छ । भिडियोमा कथा, स्क्रीन प्ले र निर्देशन जि.बि आग्रीको रहेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.