web analytics

एमसीसीका विरुद्ध उत्रिए पुनर्वासका युवा

#कञ्चनपुर/४ फागुन ।
एमसीसी सम्झौता देशका लागि घातक हुने भन्दै पुनर्वासका युवाहरु पनी एमसीसीका विरुद्ध आन्दोलित भएका छन । बुधबार पुनर्वासको आईबिआरडी बजारका चोकचोकमा युवाहरूले टायर बालेर एमसीसीका विरुद्ध नाराबाजी गरेका छन ।
युवा नेता तथा सामाजिक अभियन्ता हिमेश थापाको नेतृत्वमा रहेको युवा समूहले टायर बालेर राष्ट्रघाती दलालहरू होसियार, रिजेक्ट एमसीसी, हाम्रो देश प्राण भन्दा प्यारो छ, एमसीसी पास गर्ने सरकार चाहिँदैन जस्ता नारा लगाउँदै विरोध गरेका छन ।
एमसीसीसम्बन्धी प्रस्ताव आज संसद् बैठकमा टेबुल हुने भनिएपछि विभिन्न दल निकट युवा विद्यार्थी संगठनहरूले देशव्यापी रुपमा विरोध प्रदर्शन गरीरहेका छन र नेपाल बन्दको आयोजना गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.