बर्दिया को बाँसगढीमा पनि बन्दको प्रभाब !
फागुन ४
कृष्ण बहादुर बुढा
बर्दिया /पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बर्दिया को बाँसगढि चोकमा पनि बन्दकर्ताहरुले एमसिसिको बिरोधमा सम्पुर्ण
यातायातहरु आगवन रोकेको र पहिलो चरणमा सम्झाउने
यदि कसैले बन्दको अवज्ञा गरे बन्दलाई कडा रुपमा जाने कुरा बन्दमा सहभागी ले बताए।मुख्य राजमार्गमा नै थुप्रै
टाढाबाट आएका यातायात का साधन रोकिए छ्न ।
एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका छन ।




Comments are closed.