एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र नेपाल सहमत
काठमाडौ/एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत भएका छ्न।
भोलि आइतबार एमसिसी सम्झौता संसदमा टेबल हुने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा एमसिसी टेबल गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएसँगै आइतबार संसदमा पेस हुने भएको हो ।
अमेरिकाको निरन्तर दबाब र प्रधानमन्त्री शेरबहादुर देउवा प्रयासपछि सो निकास निस्किएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिलेको गठबन्धन जसरी पनि जोगाउनका लागि एमसिसी संसदमा टेबल गर्न सहमत भएका हुन्।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पाँच महिनाअघि एमसिसीलाई संयुक्त पत्र लेखेर २८ फेब्रुअरीभित्र निर्णय दिने प्रतिबद्धता जनाएका थिए । अमेरिकाले चार वर्षअघि भएको एमसिसी सम्झौता १६ फागुन (२८ फेब्रुअरी)भित्र संसदबाट अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै अनुमोदन गर्न दबाब बढाएको छ।
शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले एमसिसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको छ। यसबारे अन्तिम निर्णय भोलि संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ।
प्रचण्ड र नेपालले संसदमा टेबल गर्न सहमति जनाए पनि एमसिसी सम्झौता संशोधन नगरी छलफल र निर्णयार्थ प्रस्तुत गर्न नसकिने अडानमा उनीहरु छन् ।



Comments are closed.