web analytics

विदाको दिन मापसे गरेर सरकारी बाईकमा युवती सहित भेटीए लेखापाल भट्ट

कैलाली / सार्वजनिक विदाको दिन मादक पदार्थ सेवन गरि सरकारी बाईक चलाइरहेको अवस्थामा एकजना सरकारी कर्मचारी फेला परेपछि जरीवानामा परेका छ्न । दीपायल सिलगढी नगरपालिकाका लेखापाल
लेखराज भट्ट मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना गरेको हो । उनलाई कैलालीको अत्तरियामा प्रहरीले फेला पारेको हो ।
उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उनलाई १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए। उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय खुलेन।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.