web analytics

बासगढि को लखना मा म्याजिक दुर्घटना हुँदा चार घाइते!

 

फागुन १२

बर्दिया /बर्दियाको बाँसगढी देखि कोहलपुर जादै गरेको यात्रुवाहक म्याजिक गाडी दुर्घटना भएको छ । उक्त सडक खण्ड अन्तर्गत मानखोला र लखना क्षेत्रमा तीव्र गतिका कारण गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भे १ ज १२७८ नम्बरको गाडिका चालक सहित चार जना घाइते भएका हुन् ।

उक्त गाडीमा सात जना सवार थिए । घाइते मध्ये चालक गम्भीर घाइते रहेको बताइएको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्तपालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.