बर्दियाको बाँसगढीमा आज देखि बर्दिया महोत्सव सुरु हुँदै!
फागुन १६
कृष्ण बा बुढा
बर्दिया /‘कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान’ भन्ने नाराका साथ पाँचौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव–२०७८ सुरु हुन लागेको हो ।
बाँसगढी उद्योग वाणिज्य संघको आयोजना हुन गइरहेको महोत्सवको प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले गर्ने बताइएको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक रामसिंह थारुले जानकारी दिए ।
‘राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘भव्य समारोहका बीच उद्घाटन हुनेछ ।’
आजदेखि सुरु हुने महोत्सव आगामी फागुन २६ गतेसम्म चल्नेछ । ‘एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने हाम्रो लक्ष्य हो,’ संयोजक थारुले भने, ‘उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’
महोत्सव अवधिभर डेढ लाख दर्शकले अवलोकन गर्ने र करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा लिइएको प्रचारप्रसार उपसमितिका संयोजक एकनारायण अधिकारीले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा विभिन्न एक सय ५० बढी स्टल रहने छन् । महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत निकालिने आयोजक बाँसगढी उद्योग वाणिज्य संघले जनाएको छ ।




Comments are closed.