धनगढी–पोखरा हवाई यातायात सुरु
कैलाली/धनगढीबाट पोखरा उडान हिजो बुधबार देखी सुरु भएको छ । बुद्ध एयरले हिजोबाट उडान सेवाको उद्घाटन गर्ने तयारी गरेको थियोे ।
बुद्ध एयरले धनगढी–पोखरा हप्तामा आइतबार, बुधबार र शुक्रबार तीन उडान गर्ने जनाएको छ । धनगढी–पोखरा उडान सुरु भएपछि यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने सुदूरपश्चिम क्षेत्रका पर्यटन क्षेत्रमा कार्यरत व्यवसायीहरुले अपेक्षा गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का सचिव पदमविक्रम सिंहले धेरैको आग्रहपछि पोखरा–धनगढी उडान सुरु गर्न पाउँदा खुशी लागेको बताए ।
धनगढी विमानस्थलबाट हाल धनगढी–काठमाडौं र प्रदेशका अछाम, डोटी, बाजुरा र बझाङका लागि उडान भर्दै आएको छ ।



Comments are closed.