web analytics

कोमल ओली लगायत २० जना राष्ट्रियसभा सदस्य आजबाट बिदा

काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदको कार्यकाल आजबाट सकिँदैछ । चारवर्षे कार्यकाल पूरा भएका उनीहरुको आजबाट विदाइ हुन लागेको हो ।

कार्यकाल सकिने सांसदहरुमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना रहेका छन् । त्यस्तैगरी माओवादीका ४ जना र नेपाली काँग्रेसका३ सांसद रहेका छन् ।

अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी, शेरबहादुर कुँवर, खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल, दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको आजबाट राष्ट्रियसभा सदस्यको पद सकिएको हो । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।
उनीहरुको पद समाप्त भएसँगै नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भोलि शनिबार तय भएको छ । राष्ट्रियसभा सदस्यका लागि माघ १२ निर्वाचन भएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.