पूर्वमन्त्री बिना मगरद्वारा बेलडाँडीको शोकाकुल ऐरी परिवारसंग भेटघाट
कञ्चनपुर /पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले बेलडाँडीको एक शोकाकुल परिवारसंग भेटघाट गरेकी छिन ।
शनिबार पुर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले बेलडाँडी गाँउपालिका १झर्नासागरका शोकाकुल ऐरी परिवारसंग भेटघाट गरेकी हुन ।
०७४ मा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १बाट प्रतिनिधी सभा सदस्य निर्वाचित मगरले शोकमा रहेका ऐरी परिवारसंग भेटघाट गरेर समवेदना प्रकट गरेकी हुन । मगरले शोकमा रहेका ऐरी परिवारलाई सान्त्वना दिदै आफ्नो तर्फबाट भावि दिनमा सहयोग गर्ने वचन दिईन । पुर्वमन्त्री मगरले आफ्नो विर्नाचन क्षेत्रका जनता शोकमा परेका बेला भेटघाट गरेसंगै शोकाकुल ऐरी परिवार एव स्थानीय हर्षित भएका छन । दुखतमा परेका भेला जनताकै घर दैलोमा पुग्ने जनप्रतिनिधी भन्दै स्थानीय हर्षित भएका हुन ।
किरियापुत्री मिना ऐरीका श्रीमान एव कर्ण बहादुर ऐरीका जेठा छोरा दिपेन्द्र ऐरीको गत चैत्र २९मा अल्प आयुमै निधन भएको थियो । लामो समयदेखि बिरामी ऐरीले ंउपचारका ऐरी परिवारले उपचारमा लाखौँ खर्च गरेका थिए । पुर्वमन्त्री मगरसंगगै माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपा चौधरी, माओवादी नेता मोहन गिरी, भुवन एसके, कल्पना गिरी, खडक थापा, ईश्वरी भट्ट, माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाह, सचिव चेत बहादुर शाह लगायतका स्थानीय नेताहरु सहभागि रहेका थिए । उनीहरुले समेत विपन्न ऐरी परिवारलाई आर्थिक, भौतिक एव नैतिक साथसर्मथन गर्ने बचन दिएका छन ।




Comments are closed.